शुक्रबार, भदौ १२, २०८३

टिएमएसमा समस्या आएपछि सेयर कारोबार रोकियो

लगानीकर्ताले सेयर खरिद–बिक्री गर्ने नेप्सेको टिएमएसमा समस्या आएपछि आइतबार सेयर बजार बन्द भएको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– लगानीकर्ताले सेयर खरिद–बिक्री गर्ने नेप्सेको टिएमएसमा समस्या आएपछि आइतबार सेयर बजार बन्द भएको छ।

बजार खुलेको १० मिनेटपछि नै ब्रोकरको टिएमएसमा लिंक नभएपछि ब्रोकरहरुले कारोबार गर्न पाएनन्। त्यसपछि नेप्सेले आइतबारका लागि कारोबार नै बन्द गरेको छ।

निभ सेक्युरिटी सर्भिसका अनुसार सेयर खरिद–बिक्री गर्ने ब्रोकरहरुको टिएमएस नेप्सेमा लिंक नभएपछि करिब आधा जति ब्रोकरहरुले आइतबार खरिद–बिक्री गर्न पाएनन् । सेयर बजारको कारोबारका लागि नेपालभर ५० ब्रोकर कम्पनीहरुले इजाजतपत्र लिएका छन् ।

तीमध्ये आधाभन्दा बढी ब्रोकरबाट कारोबार नभएपछि नेप्सेले १२ बजेपछि सबै कारोबार बन्द गरेको छ। टिएमएसमा समस्या आएपछि कारोबार बन्द गरेको प्रति नेप्सेले माफी मागेको छ ।

उसले भनेको छ, ‘कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं ।’

प्रकाशित: Aug 30, 2020| 13:31 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्