काठमाडौं– शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ तोकिएको छ।
शुक्रबार तोलाको ९६ हजार ९०० मा कारोबार भएको थियो।
आज तेजाबी सुन प्रतितोला ९६ हजार ७०० मा कारोबार भइरहेको छ। शुक्रबार तोलाको ९६ हजार ४०० रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य तोलाको एक हजार ३४० तोकिएको छ।