काठमाडौं– आईएमई जनरल इन्स्योेरेन्स लिमिटेडले आफ्ना अभिकर्तालाई भर्चुअल तालिम दिएको छ।
कम्पनीले १० देखि १२ भदौसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरूलाई तालिम दिएको हो।
अभिकर्तालाई इन्स्योरेन्सका विभागीय प्रमुखदेखि उच्च तहमा कार्यरत कर्मचारीले तालिम दिएका थिए।
तालिममा ५५ जनाभन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ।
तालिमले अभिकर्ताको मनोबल बढाउनुको साथै बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने कम्पनीले विश्वास लिएको छ।