शुक्रबार, भदौ १२, २०८३

रिलायन्सको आईपीओ बाँडफाँड, २० हजार ५०९ जना खाली हात

रिलायन्स लाइफ इन्स्योरेन्सले जारी गरेको साधारण सेयर (आईपीओ) २० हजार ५०९ जनाले सेयर पाएनन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सले जारी गरेको साधारण सेयर (आईपीओ) २० हजार ५०९ जनाले पाएनन्।

इन्स्योरेन्सको आईपीओ शुक्रबार धितोपत्र तथा विक्री प्रबन्धकको जिम्मा पाएको सानिमा क्यापिटलले बाँडफाँड गरेको हो।

सानिमा क्यापिटलका अनुसार आईपीओ भर्ने ५ लाख ६७ जनाले भने १० कित्ताका दरले सेयर पाएका छन्।

इन्स्योरेन्सले भदौ ४ गतेदेखि चार दिनसम्म सर्वसाधारणका लागि आईपीओको आवेदन खुला गरेको थियो। इन्स्योरेन्सको आईपीओको लागि ४.०४ गुणा बढी आवेदन परेको छ।

कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आबेदन परेको थियो। त्यसमध्ये एक हजार ९५५ वटा आवेदन रद्द भएका छन् भने ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका थिए।

कम्पनीले कुल ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता सेयर निष्कासनमा ल्याएको थियो। त्यसमध्ये सामूहिक लगानी कोषका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीका लागि पनि ३ लाख १५ हजार कित्ता सेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

प्रकाशित: Aug 28, 2020| 17:38 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्