शुक्रबार, भदौ १२, २०८३

निजी विमान राख्न पाउने गरी हवाई नीतिको मस्यौदा तयार

कुनै संस्था वा व्यक्तिले निजी प्रयोजनका लागि विमान राख्न पाउने प्रस्ताव तयार पारिएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– राष्ट्रिय हवाई नीति, २०७७ मा व्यक्ति वा संस्थाले निजी प्रयोगको लागि विमान राख्न पाउने व्यवस्थासहितको प्रस्ताव तयार पारिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको मस्यौदामा– ‘कुनै संस्था वा व्यक्तिले निजी प्रयोजनका लागि विमान दर्ता गरी सञ्चालन गर्न चाहेमा व्यापारिक उडान गर्न नपाउने गरी हवाई उडान सुरक्षा र हवाई सुरक्षा प्रावधानको आवश्यक सर्त तोकी अनुमति प्रदान गर्न सकिने’ उल्लेख गरिएको छ।

उक्त प्रस्ताव पारित भएमा व्यक्ति वा निजी संस्थाले पनि निजी विमान खरिद गर्न सक्नेछन्। उक्त विमानले व्यवसायिक उडान भने गर्न पाउने छैन।

निजी प्रयोग हुने विमान खरिद, इन्जिन, क्षमतालगायत भने कानूनले तोकेबमोजिम हुनेछ।

हवाई नीतिले वायुसेवा सञ्चालन, प्रशिक्षण तथा मर्मत सम्भार गर्ने क्षेत्रमा विदेशी लगानी खुला गर्ने प्रस्ताव पनि गरेको छ।

प्रस्तावअनुसार अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमा ८० प्रतिशत र आन्तरिकमा ४९ प्रतिशतसम्म विदेशी लगानीको लागि अनुमति दिइनेछ।

त्यस्तै, प्रशिक्षण दिने र मर्मत सम्भार गर्ने संस्थामा ७५ प्रतिशतसम्म विदेशी लगानी ल्याउन पाइने छ।

 

प्रकाशित: Aug 28, 2020| 12:52 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्