मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा एकीकृत आइसोलेसन र क्वारेन्टिन निर्माण स्थल छनोट

Siddartha premir insuranceSiddartha premir insurance

उपत्यकामा एकीकृत आइसोलेसन र क्वारेन्टिन निर्माण स्थल छनोट

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दर तीव बनेपछि सरकारले तत्काल ६ हजार आइसोलेसन कक्ष र दुई हजार बेड क्षमताो क्वारेन्टिन बेड तयार गर्ने भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७
nespernesper

बीपी अनमोल

बीपी अनमोल

बिहीबार, भदौ ११, २०७७

काठमाडाैं- काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दर तीव बनेपछि सरकारले तत्काल ६ हजार आइसोलेसन कक्ष र दुई हजार बेड क्षमताकाे क्वारेन्टिन बेड तयार गर्ने भएको छ।

triton college

सीसीएमसीका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलसहित स्वास्थ्यमन्त्री, गृह, स्वास्थ्य सचिव र उपत्यका मेयर फोरमका पदाधिकारीहरुबीच बिहीबार भएको छलफलमा स्थानको टुंगो लागेको हो।

छनोट भएका ठाउँमा तत्काल आइसोलेसन कक्ष र क्वारेन्टिाइन निर्माण अघि बढाउने सहमति भएको उपत्यका मेयर फोरमका सचिव एवम् मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

फोरमले यसअघि तत्काल पाँच हजार आइसोलेसन निर्माण गर्न सकिने निर्णय गरेको थियो।

उपत्यकाका अस्पतालमा रहेका आइसोलेसन कक्ष भरिन थालेका छन्।

Metro Mart
vianet

‘संक्रमित बढ्दो अवस्थामा छन्। अस्पतालका बेड भरिन थालेपछि तत्काल आइसोलेसन तयार गर्न लागिएको हो,’ श्रेष्ठले भने, ‘अस्पतालमा एक हजार बेड तयार अवस्थामा छ। निजी अस्पतालसँग समन्वय गरेर अस्पतालको बेड संख्या दुई हजार पुर्याउने सहमति भएको छ।’

सरकारले निजी अस्पताल पनि आइसोलेसनका रुपमा प्रयोग गर्ने निर्णय गरिसकेको छ।

आइसोलेसन र क्वारेन्टिन बनाउन ठाउँ छनोटका लागि गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा स्थानीय सरकार र अन्य सरकारी निकायसमेत रहेको समिति गठन गरिएको थियो।

‘अहिले नयाँ संरचना बनाउन सम्भव छैन। भएकै संरचनामा स्वास्थ्यकर्मी, औषधि, सुरक्षाकर्मी व्यवस्थापन गर्ने सहमति भएको छ,’ श्रेष्ठले भने, ‘तत्काल स्कुलहरु सञ्चालन हुन नसक्ने भएकाले क्वारेन्टिनका रुपमा प्रयोग गर्नुपर्ने देखिएको छ।’

तीनवटै जिल्लामा रहेका शैक्षिक संस्थाका होस्टेलहरुलाई आइसोलेसन बनाएर थप एक हजार क्षमताको आइसोलेसन बनाइने भएको छ।

त्यस्तै विभिन्न सरकारी कार्यालय र संस्थानका गेस्ट हाउस र त्यहाँ रहेका होस्टेलमा गरी करिब चार सय क्षमताको आइसोलेसन बनाइनेछ।

त्रिचन्द्र कलेजको भवन, कीर्तिपुर र सामाखुसीमा रहेको राधास्वामी भवन, दरबार हाइस्कुललगायतमा पनि आइसोलेसन बनाउन सकिने ठाउँको सूचीमा परेका छन्।

‘अस्पतालबाहेकका ठाउँमा एक हजार पाँच सय आइसोलेसन सञ्चालनमा आइसकेको छ,’ मेयर फोरमका सचिव श्रेष्ठले भने, ‘थप एक हजार पाँच सय एकदुई दिनमै तयार गर्ने गरेर काम भइरहेको छ। एक हप्ताभित्रमा पाँच हजार पुर्याइनेछ।’

सरकारले विदेशबाट फर्केर आउने नेपालीलाई राख्न तत्काल दुई हजार क्षमताको क्वारेन्टिन बनाउने तयारी गरेको छ। त्यसका लागि पनि ठाउँ पहिचान भइसकेको छ।

१७ भदौ मध्यरातसम्म लागू गरिएको निषेधाज्ञा अवधिभित्र आइसोलेसन तयार भइसक्ने बताइएको छ।

आइसोलेसन र क्वारेन्टिन क्षेत्रमा खाद्यान्न, लत्ताकपडालगायत व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ।

‘अबको सात दिनभित्रमा उपत्यकामा कन्ट्याक्ट ट्रेसिङ व्यापक गरेर टेस्टिङ गर्ने र उनीहरुलाई आइसोलेट गर्दै कोभिड–१९ को चेन बेक्र गर्नुपर्छ भनेर हामी अघि बढेका छौं,’ श्रेष्ठले भने।

काठमाडौंमा सबैभन्दा धेरै संक्रमित देखिन थालेका छन्। बिहीबारमात्रै उपत्यकाका तीन जिल्लामा ३७७ जनामा संक्रमण पुष्टि भएको छ।

देशैभर ११११ जना संक्रमित भएका छन्। नेपालमा हालसम्म संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।

तीमध्ये २० हजार ७३ संक्रमणमुक्त भइसकेका छन्। भने अहिले १५ हजार २७३ जना आइसोलेसनमा छन्।
हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण १८३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Aug 27, 2020| 17:50 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।