शुक्रबार, वैशाख २६, २०८२

एनआईसी एशिया बैंकको क्यूआर रिफर पैसा पाइने

 |  बिहीबार, भदौ ११, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

vianetvianet

काठमाडौं । एनआईसी एशिया बैंकले क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने क्यूआर रिफर एण्ड अर्न योजना ल्याएको छ ।

triton college

बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकले भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागीता जनाउन सक्ने बैंकले जनाएको छ ।

यस योजनामा क्यूआर मर्चेन्ट एवं ग्राहकले २ महिनाको अवधीमा नयाँ क्यूआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्यूआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्यूआरमा आबद्ध भएमा रिफर गर्ने क्यूआर मर्चेन्ट एवं ग्राहकलाई बैंकले प्रति रिफर मर्चेन्ट ७ सय ५० खुद रकम प्रदान गर्ने जनाएको छ । 

साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यूआर मर्चेन्टहरू बैंकमा आबद्ध गराउन १० जनालाई थप जनही ५० हजार रकम प्रदान गरिने समेत बैंकले जनाएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य वृद्धि भएसँगै क्यूआर पेमेन्टबाट भुक्तानी गर्नेहरुको संख्यामा समेत तीव्र रुपमा वृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतर्फ आकर्षित गराउन बैंकले यो योजना ल्याएको जनाएको छ । 

National life insurance

प्रकाशित: Aug 27, 2020| 13:35 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्