शुक्रबार, भदौ १२, २०८३

२१ अंकले बढ्यो नेप्से, किन भए लगानीकर्ता उत्साहित?

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भए पनि सेयर बजारमा भने उत्साह देखिएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भए पनि सेयर बजारमा भने उत्साह देखिएको छ।

बुधबार सेयर बजार परिसूचक (नेप्से) २१.१० अंकले बढेर १४६२.०२ अंकमा पुगेर रोकिएको हो।

आज नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ। बुधबार १८६ कम्पनीको ५८ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचक पनि उकालो लागेका छन्।

व्यापार र जीवन बीमा समूह घटे पनि बाँकी समूहगत सूचक भने बढेको छ। सबैभन्दा बढी निर्जीवन बीमा समूह ५१.६२ अंकले बढेको छ।

यसैगरी लघुवित्त ४१.१४, विकास बैंक २५.०४, बैंकिङ २२.९३, जलविद्युत् ११.२५, फाइनान्स १.२७ र म्युचुअल फण्ड ०.१६ अंकले वृद्धि भएको छ।

लगानीकर्तामा अनलाइन कारोबारको पहुँच भएकोले घरबाटै कारोबार गर्न थालेपछि बजार बढेको जानकारहरूको बुझाइ छ।

त्यस्तै सुनको मूल्य बढेको र कोरोनाका कारण लगानीका अन्य क्षेत्र ठप्प भएकोले पनि सेयर बजारमा लगानी बढेको बुझ्न सकिन्छ।

बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा सहजै दिंदा पनि लगानीकर्ता सेयर बजारतर्फ आकर्षित भएका छन्।

त्यसैगरी पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै ब्याजदर सस्तो भएपछि शेयर बजारमा खरिदकर्ताको चाप बढेकोले पनि बजार बढेको छ।

 

प्रकाशित: Aug 26, 2020| 16:52 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्