शुक्रबार, भदौ १२, २०८३

सेज प्राधिकरणको प्रमुखमा रिज्याल

सरकारले विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको प्रमुखमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई तोकेको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– सरकारले विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको प्रमुखमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई तोकेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि रिज्याललाई प्रमुखको काम गर्ने गरी तोकेको हो।

सेज प्राधिकरणमा कार्यकारी निर्देशक खाली छ। सरकारले २०७६ असोज ३० गते पहिलोपटक गोरखापत्रमा कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको थियो।

पर्याप्त आवेदन नपरेको भन्दै पुनः मंसिर ४ गते सोही पदका लागि आवेदन माग गरेको थियो। दोस्रो पटक ६ जनाले आवेदन दिएका थिए।

आवेदन दिनेमा रघुराज काफ्ले, कुमार दाहाल, योगेन्द्र गौचन, जनार्दन गुरागाईं, डा. चण्डिकाप्रसाद भट्ट र प्रदीपकुमार मैनाली छन्।

आवेदन परेकाहरुको यही भदौ ६ गते लिखित परीक्षा थियो। तर कोभिड १९ का कारण काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि प्राधिकरणको कार्यकारी निर्देशक सिफारिस समितिले भदौ ७ गते सूचना जारी गरी लिखित परीक्षा ११ गते दिउँसो १ बजेका लागि सारेको थियो।

निषेधाज्ञा लम्बिन सक्ने भन्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिज्याललाई अर्को व्यवस्था नभएसम्मका लागि प्रमुख तोकेको हो।

 

प्रकाशित: Aug 26, 2020| 13:13 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्