काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेको छ। कारोबार सुरु भएदेखि बढ्न थालेको बजार उतारचढाव हुँदै १४४०.९४ बिन्दुमा पुगेर बजार बन्द भएको छ।
मंगलबार १८९ कम्पनीको ३८ लाख ४० हजार ६९१ कित्ता सेयरबाट १ अर्ब ८५ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन लगानीकर्ताको ध्यान जीवन तथा निर्जीबन बीमा कम्पनीमा बढी देखिएको छ। जीवन बिमा समूह सबैभन्दा बढी १५१ अंकले वृद्धि भएको छ। यसैगरी निर्जीबन बीमा समूहको उपसूचक ३२.२६ अंकले बढेको छ।
यसैगरी बैंकिङ १.९२, होटल १०.२, विकास बैंक २.७७, जलविद्युत ९.०५, फाइनान्स १.२, अन्य १८.५७ र लघुवित्त २०.०८ अंकले बृद्धि भएको छ ।
मंगलबार व्यापार, उत्पादन तथा प्रशोधन र म्यूचुअल फण्डको उपसूचकमा गिरावट आएको छ ।
