शनिबार, भदौ १३, २०८३

आज ७४३ जनामा कोरोना पुष्टि, १७५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज पुष्टि भएकामा २४६ जना महिला र ४९७ जना पुरुष छन्।

योसहित नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार २३४ पीसीआर नमुना परीक्षण गरिएको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ। जसमध्ये ९ हजार १५४ जना संस्थागत आइसोलेसनमा छन् भने ४ हजार ५६१ जना होम आइसोलेसनमा छन्।

हाल देशभर ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १७५ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ।

उपचारपछि निको हुने संख्या ५८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 24, 2020| 16:25 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।