आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ : पाँच हजार ५८१ संक्रमितमध्ये एक हजार १५८ डिस्चार्ज, २२ को मृत्यु

प्रदेश ५ : पाँच हजार ५८१ संक्रमितमध्ये एक हजार १५८ डिस्चार्ज, २२ को मृत्यु

१२ जिल्लामा गरी पाँच हजार ५८१ जना संक्रमित भएका छन्। तीमध्ये एक हजार १५८ जना संक्रमणमुक्त भएका छन्। प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

भैरहवा– प्रदेश ५ मा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएपछि सबै जिल्लाले निषेधाज्ञा तथा लकडाउन घोषणा गरेका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार १२ जिल्लामा गरी पाँच हजार ५८१ जना संक्रमित भएका छन्। तीमध्ये एक हजार १५८ जना संक्रमणमुक्त भएका छन्। प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।
प्रदेशमा सबैभन्दा बढी कपिलवस्तुमा एक हजार ४५ जना संक्रमित भएका छन्। बाँकेमा ८६५, दाङमा ७१४ र रूपन्देहीमा ६५२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
बर्दियामा ३२० जना संक्रमित भएका छन्। रुकुम पूर्वमा २४ र रोल्पामा ७८ जना संक्रमित भएका छन्।
यस्तै प्यूठानमा ४१७, अर्घाखाँचीमा ३४८, गुल्मीमा ३७३, पाल्पामा ५६७ र नवलपरासी पश्चिममा १७८ जना संक्रमित भएका छन्।

बर्दियामा सक्रिय संक्रमितको सख्ंया ५७ छ। बाँकेमा ४२३, दाङमा ४१, रुकुम पूर्वमा दुई र रोल्पामा पाँच जना सक्रिय संक्रमित छन्।
प्यूठानमा ४९, अर्घाखाँचीमा १८, कपिलवस्तुमा २०५, गुल्मीमा चार जना सक्रिया संक्रमित छन्। पाल्पामा चार, रुपन्देहीमा ३०० र नवलपरासी पश्चिममा ५२ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Aug 24, 2020| 16:04 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।