शनिबार, भदौ १३, २०८३

काठमाडौंमा कोरोना रोक्न मेयरलाई गगन थापाका ६ सुझाव

पूर्व स्वास्थ्यमन्त्री गगन थापाले उपत्यकामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि काठमाडौं महानगरपालिकाका मेयरलाई ६ बुँदे सुझाव दिएका छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री गगन थापाले उपत्यकामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि काठमाडौं महानगरपालिकाका मेयरलाई ६ बुँदे सुझाव दिएका छन्।

मेयर विद्यासुन्दर शाक्यलाई भेटेर थापाले कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसनको प्रभावकारी व्यवस्था गर्न सकेमात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिने सुझाव दिएका हुन्।

मेयरलगायत स्वास्थ्य विभागका प्रतिनिधिहरुसँगको छलफलमा थापाले काठमाडौंबाट प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिहरुसँग नियमित छलफल र समन्वय गरी आवश्यक सहयोग लिन सुझाएका छन्।

‘कोरोना महामारीविरुद्ध लड्न हामी सँगै काम गर्न चाहन्छौं। तपाईं सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित समन्वय गर्नुहोस्,’ थापाले सुझाव छ।

महानगरभित्र कन्ट्याक्ट ट्रेसिङ निकै ढिला र साँघुरो रहेकाले थप जनशक्तिको व्यवस्था गरी कन्ट्याक्ट ट्रेसिङ व्यापक गर्न थापाको सुझाव छ। टोल र वार्डस्तरमै कन्ट्याक्ट ट्रेसिङ व्यवस्था नगरे स्थिति थप जटिल बन्दै जानेमा थापाले सचेत गराएका थिए।

दैनिक एक दुई घण्टा मात्र पसल खोल्दा भीडभाड बढेर जोखिम पनि बढ्ने हुँदा बिहान ६ देखि बेलुकी ९ बजेसम्म पसल खोल्ने र सामान किन्न एक घर एक पासको व्यवस्था गर्न उनले सुझाव दिए।

कोरोना संक्रमणसँग जोडिएका बिभिन्न सूचनालाई लिएर महानगरबासी अलमलमा परेको भन्दै थापाले वडास्तरमै संयन्त्र बनाएर सोको प्रभावकारी सम्प्रेषण गर्न सुझाव दिएका छन्।

 

प्रकाशित: Aug 24, 2020| 13:17 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।