काठमाडौं- बुटवलका कोरोना संक्रमित पुरुषको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका–११ महादेव पथका ५४ वर्षीय पुरुषको आइतबार बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जनाएको हाे।
मृगौलाकाे रोगबाटसमेत पीडित रहेका पुरुष डायलासिस गराउँदै आएका थिए। आइतबार बिहान अस्पताल ल्याएको र उपचारकै क्रममा मृत्यु भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।