बिहीबार, भदौ ११, २०८३

सुनको मूल्य आज फेरि घट्यो, तोलाको ९७ हजार ९००

सुनको मूल्य आज (सोमबार) फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ५०० रुपैयाँ घटेर ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं- सुनको मूल्य आज (सोमबार) फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ५०० रुपैयाँ घटेर ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।

यसअघि हिजो तोलामा ४०० रुपैयाँ घटेर ९८ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँ घटेर ९७ हजार ४०० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेर एक हजार ३२० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Aug 24, 2020| 10:44 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्