शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आपूर्तिमन्त्री एकाबिहानै बल्खु तरकारी बजार पुगेपछि ...

आपूर्तिमन्त्री एकाबिहानै बल्खु तरकारी बजार पुगेपछि ...

सरकारले लागू गरेको सुरक्षा मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आज बिहानै काठमाडौंको बल्खु र कालीमाटी तरकारी बजार पुगेका छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– सरकारले लागू गरेको सुरक्षा मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आज बिहानै काठमाडौंको बल्खु र कालीमाटी तरकारी बजार पुगेका छन्।

व्यवसायी र उपभोक्ताले अपनाएको सुरक्षाका सामान्य मापदण्ड सम्बन्धी अनुगमन गर्न उनी त्यहाँ पुगेका हुन्। व्यस्त र भिडभाड बजारबाट कोरोना जोखिम हुन सक्ने भएकाले त्यहाँ के कसरी सुरक्षा मापदण्ड अपनाइएको छ भन्ने विषयमा अनुगमन गर्न मन्त्री पुगेको स्वकीय सचिव हितेश ओझाले जानकारी दिए।

मन्त्री भट्टले त्यहाँ खाद्यान्न तथा तरकारीको मुल्यका विषयमा पनि जानकारी लिएका छन्। त्यस्तै सुरक्षा मापदण्ड र आपूर्ति व्यवस्थापन सम्बन्धी निर्देशन पनि दिएका छन्।

प्रकाशित: Aug 24, 2020| 10:33 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।