काठमाडौं- गण्डकी प्रदेशमा थप तीन जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण भएको छ। सोमबार बिहान थपिएका आठ संक्रमितमध्ये तीन जना सुरक्षाकर्मी रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमित सुरक्षाकर्मीमा स्याङ्जा पुतलीबजारका एक र तनहुँ ब्यास नगरपालिकाका एक गरी दुई जना सैनिक छन् भने म्याग्दी बेनी नगरपालिकाका एक जना प्रहरी छन्।
निर्देशनालयका अनुसार अहिलेसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार ८८८ जना पुगेको छ।
यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार ६१२ पुगेको छ। यो प्रदेशमा कुल संक्रमितको ८५.३८ प्रतिशत हो।