आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट थप एक पुरुषको मृत्यु, विराटनगरमा मात्रै मृतकको संख्या १० पुग्यो

कोरोनाबाट थप एक पुरुषको मृत्यु, विराटनगरमा मात्रै मृतकको संख्या १० पुग्यो

कोरोना भाइरसको संक्रमणबाट मोरङको विराटनगर महानगरपालिकामा थप एक पुरुषको मृत्यु भएको छ ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

विराटनगर- कोरोना भाइरसको संक्रमणबाट मोरङको विराटनगर महानगरपालिकामा थप एक पुरुषको मृत्यु भएको छ ।

विराटनगर ८ का ६५ वर्षीय पुरुषको कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति मृत्यु भएको महानगर उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् ।

उनका अनुसार बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको थियो । उनमा संक्रमण पुष्टि भएपछि आइतबार साँझ ६ वजे अस्पताल भर्ना गरिएको थियो । तर त्यसको ५ घण्टापछि नै राति ११ वजे मृत्यु उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । विराटनगरमा संक्रमितको संख्या ८ सय १३ पुगेको छ ।

प्रकाशित: Aug 24, 2020| 07:53 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।