शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुम पश्चिममा कोलेनिकाका ९ जना कर्मचारीलाई कोरोना संक्रमण

रुकुम पश्चिममा कोलेनिकाका ९ जना कर्मचारीलाई कोरोना संक्रमण

रुकुम पश्चिमको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)का नौ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

सुर्खेत- रुकुम पश्चिमको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)का नौ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको छ। चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालाले संक्रमण पुष्टि गरेको हो।

रुकुम पश्चिममा एउटै कार्यालयका नौ जनामा संक्रमण देखिएको यो पहिलो घटना हो।

कार्यालयका अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ट्रेसिङमा समस्या भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए।

“कार्यालयमा आएका सेवाग्राहीको विवरण पत्ता लगाउन मुस्किल भएको छ,” रावलले भने, “अहिलेसम्म संख्या यकिन भएको छैन। तर, ठूलो संख्याको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भयो।”

आज (आइतबार) संक्रमण पुष्टि भएकामध्ये नौ जना कोलेनिका र एक जना स्वास्थ्य कार्यालयका कर्मचारीहरु हुन्।

संक्रमितको संख्या बढेपछि मुसिकोट नगरपालिकालाई संक्रमित व्यवस्थापनमा समस्या भएको छ। “जिल्ला अस्पतालमा ६ बेडको आइसोलेसन छ, त्यसैलाई मिलाएर नौ बेडको बनाएका छौं,” कोरोना फोकल पर्सन रावलले भने, “एकै पटक धेरै जनालाई संक्रमण पुष्टि भएपछि आइसोलेसन व्यवस्थापनमा समस्या भयो।”

मुसिकोट नगरपालिकामा जिल्ला अस्पतालको बाहेक अन्य ठाउँमा आइसोलेसन छैन। एकै पटक १५ जना संक्रमित थपिएपछि उनीहरुलाई अस्पतालको तालिम हलमा राखिएको छ। संक्रमित सबै समुदायका हुन्। यसअघि मुसिकोट नगरपालिकामा विभिन्न समयमा गरी सात जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित: Aug 23, 2020| 20:54 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।