शनिबार, भदौ १३, २०८३

बाढीपीडितलाई छिमेकी गाउँपालिकाका अध्यक्षको सहयोग

रामारोशन गाउपालिकाका बाढी पीडितलाई छिमेकी बान्नीगढी जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्र खड्काले १ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

अछाम- रामारोशन गाउपालिकाका बाढी पीडितलाई छिमेकी बान्नीगढी जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्र खड्काले १ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

अध्यक्ष खड्काले नेपाली कांग्रेस अछाममार्फत् प्रदान गर्ने गरी सभापति भरत कुमार स्वारलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

विपदले दुःखमा परेका रामारोशनका बाढी पीडितलाई राहत मिलोस् भनेर सहयोग गरेको अध्यक्ष खड्काले बताए।

अध्यक्ष खड्काले अध्यक्षवाफत पाउने सेवा सुविधा सबै टुहुरा बालबालिकाको शिक्षादिक्षा तथा लालनपालनमा खर्च गर्दै आँएका छन्।

यस्तै नेपाली कांग्रेस साँफेबगर नगर कार्य समितिका सभापति गोकुल भाटले पनि बाढी पीडितका लागि १५ हजार सहयोग गरेका छन्। सहयोग गर्ने सबैलाई सभापति स्वारले धन्यवाद ज्ञापन गरेका छन्।

यस्तै अछाम रिडीकोट घर भई हाल काठमाडौं बस्ने हिमाल खवासले पनि २० हजार रुपैँया प्रदान गरेका छन्।

प्रकाशित: Aug 23, 2020| 20:37 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।