शनिबार, भदौ १३, २०८३

खाद्य र तरकारी पसल बिहान सवा ९ बजेसम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध, फलफूल, तरकारी, माछा मासु आदि बिक्री वितरण गर्ने पसलहरु बिहान सवा ९ बजेसम्म खोल्न पाइने भएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध, फलफूल, तरकारी, माछा मासु आदि बिक्री वितरण गर्ने पसलहरु बिहान सवा ९ बजेसम्म खोल्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा व्यापार व्यवसाय सञ्चालन गर्दा अनिवार्य सामाजिक भौतिक दूरी कायम राख्नुपर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनिएको छ।

निर्णयअनुसार अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुला राख्न सकिने भएको छ।

तीनवटै जिल्लामा गत बुधबार राति १२ बजेदेखि १० भदौं राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।

प्रकाशित: Aug 23, 2020| 20:10 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।