आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा

चालकमा कोरोना भाइरस संक्रमण भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा बसेका छन्।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

धनगढी– चालकमा कोरोना भाइरस संक्रमण भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन्।

२३ वर्षीय सवारीचालकमा आइतबार सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको हो।

‘चालकमा कोरोना पुष्टि भएपछि उहाँ सेल्फ आईसोलेसनमा बस्नुभएको छ’ मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिह ओलीले भने, ‘उहाँको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ।’
२३ वर्षीय चालक मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका छन्। उनी मुख्यमन्त्रीसँगै उनको परिवार सहित केही दिनअघि डोटी पुगेर फर्किएका थिए।

प्रकाशित: Aug 23, 2020| 17:24 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।