काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २२० महिला र ५९८ पुरुषमा गरी ८१८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ।
सबैभन्दा बढी बारामा १३९ जना र काठमाडाैं उपत्यकामा १६६ जना काेराेना भाइरसका संक्रमित थपिएका छन्।
विगत केही दिनदेखि काठमाडौं उपत्यकामा संक्रमितको दर उच्च रहँदै आएको छ। शनिबार काठमाडौं, ललितपुर र भक्तपुरमा गरी २१६ जना संक्रमित थपिएका थिए। शुक्रबार १८२, बिहीबार २०० र बुधबार १५९ संक्रमित थपिएका थिए।
उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार २४२ पुगेको छ। यीमध्ये काठमाडौंका २ हजार ४९०, ललितपुरका ४२४ जना र भक्तपुरका २५० जना छन्।
पछिल्लो २४ घण्टामा झापामा १० जना संक्रमित थपिएका छन्। यस्तै मोरङमा ५० र सुनसरीमा ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सप्तरीमा चार, सिरहामा १४, धनुषामा ६० र महोत्तरीमा ३४ जना संक्रमित थपिएका छन्।
यस्तै सर्लाहीमा ९१, बारामा १३९, पर्साा ३९ र रौतहटमा नौ जना संक्रमित थपिएका छन्।
सिन्धुलीमा एक, रामेछापमा दुई, दोलखामा ६ र भक्तपुरमा २८ जनामा संक्रमित थपिएका छन्।
धादिङमा एक, काठमाडौंमा १२६, काभ्रेमा २७, ललितपुरमा १२ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
नुवाकोटमा एक, मकवानपुरमा एक, गोरखामा दुई, कास्कीमा पाँच, पूर्वी नवलपरासीमा ६ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।
कपिलवस्तुमा ११, पश्चिम नवलपरासीमा ३० र रूपन्देहीमा २८ जना थपिएका छन्। अर्घाखाँचीमा १२ जना संक्रमित थपिएका छन्।
यस्तै पाल्पा, प्यूठान, रोल्पा र पूर्वी रुकुममा एकएक जना संक्रमित थपिएका छन्।
बाँकेमा ११ जना थपिएका छन् भने बर्दियामा थप दुई जनामा कोरोना संक्रमित थपिएका छन्। पश्चिम रुकुममा आइतबार ६ जना संक्रमित थपिए।
यस्तै जुम्लामा दुई, अछाममा २३, बझाङमा तीन, डडेल्धुरामा दुई, बैतडीमा एक र दार्चुलामा एक जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।