मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • एक हजार ५६८ सुरक्षाकर्मी संक्रमित, आइसोलेसन निर्माणमा जुटे सुरक्षा निकाय

Siddartha premir insuranceSiddartha premir insurance

एक हजार ५६८ सुरक्षाकर्मी संक्रमित, आइसोलेसन निर्माणमा जुटे सुरक्षा निकाय

कोरोना भाइरस संक्रमित सुरक्षाकर्मीको संख्या बढ्न थालेपछि तीनवटै सुरक्षा निकाय धमाधम आइसोलेसन निर्माणमा जुटेका छन्।
 |  आइतबार, भदौ ७, २०७७
nespernesper

बीपी अनमोल

बीपी अनमोल

आइतबार, भदौ ७, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमित सुरक्षाकर्मीको संख्या बढ्न थालेपछि तीनवटै सुरक्षा निकाय धमाधम आइसोलेसन निर्माणमा जुटेका छन्।

triton college

देशभर एक हजार ५६८ सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीमध्ये ९८३ जना आइसोलेसनमा छन्।

नेपाल प्रहरीमा संक्रमितको संख्या ८७१ पुगेको छ। तीमध्ये ५५९ सक्रिय संक्रमित आइसोलेसनमा छन्। ३१२ संक्रमणमुक्त भइसकेका छन्।

सशस्त्र प्रहरीका ४०० जना संक्रमित भइसकेका छन्। २३८ सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ भने १६२ जना संक्रमणमुक्त भएका छन्।

नेपाली सेनामा संक्रमित २९७ मध्ये १११ जना संक्रमणमुक्त भएका छन् भने १८६ आइसोलेसनमा छन्।

Metro Mart
vianet

अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेपछि सरकारले आइसोलेसन बनाउन विभिन्न निकायलाई निर्देशन दिएपछि सुरक्षा निकायले आइसोलेसन कक्ष निर्माण गर्न थालेका हुन्।

सुरक्षाकर्मीमध्ये  नेपाल प्रहरीका सबैभन्दा धेरै संक्रमित छन्। प्रहरी प्रधान कार्यालयभित्रै कोरोना संक्रमण फैलिसकेको छ।

सशस्त्र प्रहरी बल र नेपाली सेनाको जंगीअड्डा क्षेत्रमा भने अहिलेसम्म संक्रमण देखा परेको छैन। तर, अन्यत्र रहेका गुल्म र ब्यारेकहरुमा संक्रमण बढ्दै गएको छ।

नेपाल प्रहरीको महाराजगन्जस्थित प्रहरी अस्पतालमा संक्रमितको उपचार हुँदै आएको छ। सरकारले उक्त अस्पताललाई कोभिड लेभल–२ अस्पतालका रुपमा घोषणा गरी पीसीआर परीक्षण गर्दै आएको छ।

नेपाल प्रहरीले ३१० बेड क्षमताको आइसोलेसन निर्माण गरिरहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले बताए। उनका अनुसार अस्पताल परिसरमा १५० बेड क्षमताको थप आइसोलेसन कक्ष निर्माण भइसकेको छ।

विपद् महाशाखा परिसरमा १६० बेड क्षमताको आइसोलेसन निर्माण भइरहेको प्रवक्ता कडायतले जानकारी दिए।

‘जिल्लाका सबै ठाउँमा क्वारेन्टिन बनाएर राखिएका छन्। आइसोलेसन नै बनाउन स्वास्थ्य मापदण्डअनुसार सम्भव हुने देखिन्न,’ उनले भने, ‘तर, प्रदेश प्रहरी कार्यालयलाई भने स्थिति झन् भयावह हुन सक्ने आँकलन गरेर कम्तीमा ५० जनाजति राख्न सक्ने आइसोलेसन बनाउन निर्देशन दिइसकिएको छ।’

प्रदेश नम्बर २ का डीआईजी धीरजप्रताप सिंहले क्वारेन्टिनलाई स्वास्थ्य मापदण्ड पुग्ने गरेर आइसोलेसन निर्माण भइरहेको बताए।

‘आइसोलेसनमा संक्रमित नै राखेर उपचार गर्नुपर्ने हुन्छ। विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालयको मापदण्ड पुग्ने गरेर काम गरिरहेका छौं,’ उनले भने, ‘थप जोखिम हुने सम्भावना रहेकाले कहाँ कति बेडको आइसोलेसन बनाउन सकिन्छ त्यसको अध्ययन गरिरहेका छौं।’

सीमा नाकाको सुरक्षा र दैनिक गस्तीमा खटिने सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमण बढ्दै गएको छ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा नमुना परीक्षण, संक्रमित सुरक्षाकर्मी र सर्वसाधारणको उपचार भइरहेको छ।

सशस्त्र प्रहरी कर्मचारीमा पनि संक्रमण बढ्दै जान थालेपछि सशस्त्र प्रहरी बलले पनि आन्तरिक रुपमा आइसोलेसन निर्माण अघि बढाएको छ।

‘अहिले चितवनमा आफ्नै गुल्ममा बनाइएको आइसोलेसनमा राखेर ४८ जनाको उपचार भइरहेको छ,’ सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले भने, ‘अन्यत्र पनि क्वारेन्टिन थप्ने र आइसोलेसन बनाउने काम भइरहेको छ।’

प्रदेशका हेडक्वार्टर र उपलब्ध हुन सक्ने गुल्महरुलाई मापदण्ड पुग्ने गरेर आइसोलेसन निर्माण गर्न भनिएको उनले बताए।

नेपाली सेनाले पृतनालय र ब्यारेकभित्रै आइसोलेसन कक्ष निर्माण गरिरहेको छ।

जंगीअड्डाले देशैभर रहेका पृतनालयलाई आवश्यक तयारी थाल्न निर्देशन दिइसकेको छ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले संक्रमणको जोखिमलाई ध्यानमा राखेर आन्तरिक रुपमा तयारी अघि बढाइएको जानकारी दिए।

‘लक्षण नदेखिएका संक्रमित सैनिक कर्मचारी राख्न आइसोलेसन बनाउने तयारी अघि बढाइएको छ,’ उनले भने, ‘पृृतनालयहरुलाई त्यसको आवश्यक तयारी गर्न निर्देशन भइसकेको छ।’

गम्भीर लक्षण देखापरेमा मात्रै अस्पताल लैजाने गरेर सुरक्षा निकायलाई लक्षण नदेखिका कर्मचारीलाई राख्न आइसोलेसन बनाउन थालेका हुन्।

प्रवक्ता पौडेलका अनुसार महोत्तरीको बर्दिबासमा २० जनालाई राख्न सक्ने क्षमताको आइसोलेसन बनाइएको छ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ५० जना क्षमताको आइसोलेसन कक्ष यसअघि नै स्थापना गरिएको छ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि अस्पतालमा बेड पाउन असहज भइरहेको छ।

अहिले अधिकांश संक्रमित आवश्यक मापदण्ड पूरा गरेर होम आइसोलेसनमा छन्।

सरकारले नै आइसोलेसनमा राख्न सक्ने क्षमता नभएपछि मापदण्ड पुग्ने गरेर होम आइसोलेसनमा बस्न भनेको छ।

प्रकाशित: Aug 23, 2020| 16:16 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।