काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा यथावत छ।
यस्तै, तेजाबी सुन पनि स्थिर रहँदै ९८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेर एक हजार ३७० रुपैयाँ कायम छ।
