बिहीबार, भदौ ११, २०८३

क्रिष्टल फाइनान्स खारेज

नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्स खारेज गरिदिएको छ। २०५८ मा ‘ग’ वर्गको कारोबार गर्न इजाजत पाएको सो फाइनान्स राम्रोसँग चल्न नसकेपछि नेपाल राष्ट्र बैंकले २०६९ सालमा नै समस्याग्रस्त घोषणा गरेको थियो।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्स खारेज गरिदिएको छ। २०५८ मा ‘ग’ वर्गको कारोबार गर्न इजाजत पाएको सो फाइनान्स राम्रोसँग चल्न नसकेपछि नेपाल राष्ट्र बैंकले २०६९ सालमा नै समस्याग्रस्त घोषणा गरेको थियो।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ८० को उपदफा (२) बमोजिम इजाजत खारेज गरिएको जनाएको छ।

राष्ट्र बैंकका अनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था ऐन २०७३ बमोजिम सो फाइनान्स खारेज गर्नका लागि २०७३ मा नै अदालतमा निवेदन दिएको थियो।

अदालतले दुई वर्षअघि नै खारेजीको आदेश दिए पनि आदेशको पूर्णपाठ नआउँदा त्यो प्रक्रिया अघि बढ्न सकेको थिएन। अदालतबाट आदेशको पूर्णपाठ आएसँगै क्रिष्टल फाइनान्स खारेजीमा गएको राष्ट्र बैंकले जनाउको छ।

सो फाइनान्सलाई केन्द्रीय विभागले २०६९ असोज ७ गते समस्याग्रस्त घोषणा गरेको थियो।

समृद्धि फाइनान्स (साविकको वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स) ले २०७६ मंसिर १७ गते क्रिष्टल फाइनान्सलाई खरिद गर्ने गरी सम्झौता समेत गरेको थियो। तर राष्ट्र बैंकले कानुनसम्मत नभएको भन्दै उक्त सम्झौता खारेज गरिदिएको थियो।

समस्याग्रस्त फाइनान्सलाई अदालतले खारेज गर्न आदेश दिएपछि खारेज नगरी कसैले पनि किनबेच गर्न नपाइने भएकोले सो सम्झौतालाई अनुमति दिइएको थिएन।

फाइनान्सको इजाजत खारेज भएसँगै लिक्विडेसनमा गएपछि अब क्रिष्टल फाइनान्स खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्थाले लिक्विडेटरसँग प्रकृया अगाडि बढाउन सक्नेछन्।

 

प्रकाशित: Aug 20, 2020| 14:32 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्