काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ प्रतितोला एक हजार ६०० रुपैयाँ घटेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलाको एक लाख ४०० रुपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुन पनि प्रतितोला एक हजार ६०० रुपैयाँ घटेर ९८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो यसको मूल्य ९९ हजार ९०० रुपैयाँ तोकिएको थियो।
चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर एक हजार ३६० रुपैयाँ पुगेको छ।
