काठमाडौं- नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंकबीच अडानमा आवद्ध आजीवन सदस्यहरुलाई बिनाधितो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।
द्विपक्षीय समझदारी पत्रअनुसार अडानमा आवद्ध रजिष्टर्ड अडिटर्स आजीवन सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १ सय ५९ शाखाबाट एकै दिनमा बिनाधितोमा १५ लाख सम्मको प्रोफेश्नल कर्जा, ओभरड्राफ्ट सुविधा, क्रेडिट कार्ड सुविधा एवं अन्य सुविधाहरु सहुलियत ब्याजदरमा प्रदान गरिनेछ ।
यो सम्झौतापछि अडानका आजीवन सदस्यहरुले कोरोनाको माहामारीमा तरलताको समस्या र प्रोफेश्नल एवं व्यक्तिगत आवश्यकताहरु केही हदसम्म समाधान गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत नरेश खनालले बताए ।
उक्त समझदारी पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला र नेपाल अडिटर्स एशोसिएसन (अडान) का तर्फबाट अध्यक्ष मोहन राज रेग्मीले हस्ताक्षर गरेका छन् ।
