काठमाडौं- प्रभु क्यापिटलले तीनवर्षे निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थप गरेको छ ।
“प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ प्रभुले साउन महिनाभर डिम्याट खाता खोल्ने ग्राहकका लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो सेयर योजना सञ्चालन गरेको थियो ।
योजनामा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै भदौ मसान्तसम्म योजना थप गरेको प्रभु क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलको कमलादी तथा प्रभु बैंकको नेपालभर रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो सेयरको खाता खोल्न सकिने जनाएको छ
