बिहीबार, भदौ ११, २०८३

आज यी ३० जिल्लामा थपिएनन् कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा मुलुकका ३० जिल्लामा कोरोना भाइरस संक्रमित देखिएका छैनन्।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ३० जिल्लामा कोरोना भाइरस संक्रमित देखिएनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ का भने सबै जिल्लामा संक्रमण देखिएको छ।

प्रयोगशाला परीक्षणका क्रममा प्रदेश १ का भोजपुर, धनकुटा, इलाम, तेह्रथुम, सोलुखुम्बु र ताप्लेजुङ जिल्लामा कोरोना संक्रमित भेटिएनन् भने बागमती प्रदेशका रामेछाप, नुवाकोट र रसुवामा पछिल्लो २४ घण्टामा कसैलाई पनि कोरोना संक्रमण नभएको मन्त्रालयको विवरणमा उल्लेख छ।

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी र पर्वत मा पनि कोरोना संक्रमित देखिएनन्।

४७ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ?

प्रदेश ५ का अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान र पूर्वी रुकुम मा पनि कोरोना संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशका सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, जाजरकोट जिल्लामा पनि कोरोना संक्रमित भेटिएनन्।

यस्तै सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, बाजुरा, डडेलधुरा र दार्चुला मा पनि कोरोना संक्रमित नभेटिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

 

प्रकाशित: Aug 18, 2020| 16:55 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।