बिहीबार, भदौ ११, २०८३

असारको तुलनामा २५ अर्बले घट्यो साउनमा कर्जा

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा असार अन्तिम साताको तुलनामा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरूको कर्जा विस्तार घटेको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा असार अन्तिम साताको तुलनामा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरूको कर्जा विस्तार घटेको छ।

गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा लगानी २९ खर्ब ३ अर्ब रुपैयाँ थियो। साउन मसान्तसम्ममा भने २८ खर्ब ७८ अर्ब रूपैयाँमा सिमित भएको छ। तर साउनको पहिलो हप्ताको तुलनामा भने कर्जा प्रवाह ११ अर्ब रुपैयाँले बढेको छ।

साउनको पहिलो हप्तामा वाणिज्य बैंकहरूसँग २८ खर्ब ६७ अर्ब रुपैयाँ थियो। अन्तिम हप्तामा आइपुग्दा बैंकहरूले कर्जा ११ अर्बले बढाएर २८ खर्ब ७८ अर्ब रुपैयाँ पुर्‍याएका छन्।

नेपाल बैंकर्स संघका अनुसार निक्षेप भने असार मसान्तको तुलनामा आठ अर्ब रुपैयाँले घटेको छ।

असारको अन्तिम साता वाणिज्य बैंकहरूसँग निक्षेप ३४ खर्ब ८७ अर्ब रुपैयाँ थियो। साउनको अन्तिम सातामा ३४ खर्ब ७९ अर्ब रुपैयाँ छ। तर साउनको पहिलो साताको तुलनामा भने निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ।

साउनको पहिलो साता वाणिज्य बैंकहरूसँग ३४ खर्ब ६२ अर्ब रुपैयाँ थियो। अन्तिम सातामा ३४ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ।

 

प्रकाशित: Aug 18, 2020| 15:47 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्