बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘देशद्रोही’ गीत बन्देज गरी हदैसम्मको कारबाही गर्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको माग

‘देशद्रोही’ गीत बन्देज गरी हदैसम्मको कारबाही गर्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको माग

समाजमा विभेद फैलाउने खालको शब्द प्रयोग गरिएको र भिडियोमा राष्ट्रिय झण्डा जलाइएको ‘देशद्रोह’ बोलका ‘गीत’ बन्देज गर्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले माग गरेको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– समाजमा विभेद फैलाउने खालको शब्द प्रयोग गरिएको र भिडियोमा राष्ट्रिय झण्डा जलाइएको ‘देशद्रोह’ बोलका ‘गीत’ बन्देज गर्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले माग गरेको छ।

विज्ञप्ति जारी गर्दै संगठनले झण्डा जलाउने र जातिय गाली गलौजका शब्द प्रयोग गर्नेलाई हदैसम्मको कारबाहीको माग गरेको हो।

राष्ट्रिय झण्डा जलाउनु, च्यात्नु वा झण्डाको अपमान हुने खालका गतिविधि गर्नु अपराध ठहरिने हुँदा यसमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने प्रजातान्त्रिक विद्यार्थी संगठनको भनाइ छ।

यस्ता ‘गीत’ले समाजिक सद्भाव खल्बलाउने हुँदा संलग्नलाई कारबाही नगरिए कडा संघर्षमा उत्रिने पनि संगठनले चेतावनी दिएको छ।

सम्बन्धित समाचार :

राष्ट्रिय झण्डा जलाउनेलाई कस्तो हुन्छ कारवाही ?

झण्डा जलाउनेलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी

प्रकाशित: Aug 18, 2020| 13:44 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।