मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यमन्त्री भन्थे– पीसीआर परीक्षण बढाउँछौं, तर घट्यो

स्वास्थ्यमन्त्री भन्थे– पीसीआर परीक्षण बढाउँछौं, तर घट्यो

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पीसीआर परीक्षणको दायरा बढाउने सार्वजनिक अभिव्यक्ति दिए पनि परीक्षणको दायरा झनै घटेको छ ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पीसीआर परीक्षणको दायरा बढाउने सार्वजनिक अभिव्यक्ति दिए पनि परीक्षणको दायरा झनै घटेको छ ।

मन्त्री ढकालले असार १५ (हिजो) देखि दैनिक १० हजारको परीक्षण गर्ने भने पनि त्यति परीक्षण हुन सकेको छैन । सोमबार ७ हजार ७९१ परीक्षण गरिएकोमा मंगलबार

३ हजार ८० नमुनाहरु घटेका छन् । मंगलबार ४ हजार ७११ नमुना परीक्षण भएको छ ।

सरकारको दैनिक १० हजार पीसीआर परीक्षणको लक्ष्यमा पुग्न आजको संख्यामा ५ हजार २८९ नपुग हो ।

हालसम्म पीसीआर विधिबाट २ लाख २८ हजार नमुनाको परीक्षण गरिएको छ भने करिब ३ लाख नमुना आरडिटी माध्यमबाट परीक्षण भएका छन् । सरकारले विभिन्न ३३ वटा प्रयोगशालाहरु परीक्षणको लागि तयार रहेको बताए पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रयोगशालाको व्यवस्थापन गर्ने क्रममा केही ढिला हुन पुगेको भन्दै मन्त्रीको भनाइको बचाउ गरेका छन् ।

गौतमले भने, ‘सोमबारबाट दैनिक १० हजार पीसीआर परक्षिण गर्ने भने पनि ल्यावहरुको व्यवस्थापन गर्ने क्रममा ढिला भएको हो, अब छिट्टै त्यो लक्ष्य पूरा हुन्छ ।’

प्रकाशित: Jun 30, 2020| 18:14 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।