काठमाडौं- ख्यातिप्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत रम समूहमा ९४ अंक हासिल गर्दै स्वर्ण पदक जितेको छ । नेपाल डिस्टिलरीजले उत्पादन गर्ने खुकुरी रमले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार हो ।
लन्डन स्पिरिट्स प्रतियोगिताको आयोजना गत जुलाईमा भएको थियो । प्रतियोगिता अन्तर्गतका ३ विधाहरु गुणस्तर, गुणवत्ता र प्याकेजिङका दृष्टिकोणमा खुकरी रमलाई १०० मध्ये कूल ९४ अंक दिइएको हो ।
खुकुरी रम बेलायत, अमेरिका लगायत १३ मुलुकहरुमा निर्यात हुँदै आएको छ । नेपाल डिस्टिलरिज् संगठित क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उद्योग हो । सन् १९५९ देखि नै यसको ब्रान्ड खुकुरी रमले बजारमा आफ्नो पकड जमाउँदै आएको छ ।
लन्डन स्पिरिट्स प्रतियोगिताको आयोजक वेभरेज ट्रेड नेटवर्क हो ।
