बिहीबार, भदौ ११, २०८३

सुनको मूल्य बढ्यो, तोलाको लाख नाघ्यो

सुनको मूल्य आज (मंगलबार) एक लाख रुपैयाँ नाघेको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं- सुनको मूल्य आज (मंगलबार) एक लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई हजार २०० रुपैयाँ बढेर एक लाख ४०० रुपैयाँ कायम भएको छ।

हिजो यसको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ तोकिएको थियो।

यस्तै, तेजाबी सुन ९९ हजार ९०० रुपैयाँ निर्धारण हुँदा चाँदीको मूल्य एक हजार ३८० कायम भएको छ। चाँदीको मूल्य आज प्रतितोला ६५ रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Aug 18, 2020| 11:16 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्