बिहीबार, भदौ ११, २०८३

नागरिक लगानी कोषको हकप्रद सेयर निष्कासन सम्झौता

 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– नागरिक लगानी कोषले एक करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कोषले १ः०८ को अनुपातमा आफ्ना लगानीकर्ताहरुको लागि हकप्रद सेयर जारी गर्ने भएको हो ।

प्रति सेयर १०० रुपैयाँका दरले १,३५,९२,५९२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको कोषले जनाएको छ ।

हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित: Aug 17, 2020| 15:58 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्