बिहीबार, भदौ ११, २०८३

सुनको मूल्य घट्यो, तोलाको ९८ हजार २००

सुनको मूल्य आज (सोमबार) फेरि घटेको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं- सुनको मूल्य आज (सोमबार) फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेर ९८ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। हिजो पनि यसको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको थियो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलाको ९७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको थियो।

चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेर एक हजार ३१५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Aug 17, 2020| 10:45 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्