बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेको साथ

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेको साथ

 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फोनपे पेमेन्ट सर्विस लिमिटेडले साथ दिएको छ । 

यस अभियान अन्तर्गत अबदेखि फोन पे नेटवर्कबाट अन्तर बैंक कारोबार गर्दा प्रतिकारोबार एक छुट्याइने छ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइनेछ ।

भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ । हरेक कारोबारमा १ छुट्याउने सम्झौता पत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरे । भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु हुनेछ ।

सम्झौतापछि एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले यो विषम परिस्थितीमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले भेन्टिलेटर बैंकलाई सहयोग गर्न लागेको बताए ।  

नेपालमा ३ करोड जनताका लागि करिब ६ सय वटा मात्र भेन्टिलेटर उपलब्ध छन् । नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यही रिक्तता पुर्ति गर्नका लागि भेन्टिलेटर बैंकले यो अभियान सुरू गरेको जनाएको छ । 

प्रकाशित: Aug 17, 2020| 06:32 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्