बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट एकै रातमा ५ जनाको मृत्यु, ललितपुरमा मात्रै २ जनाको ज्यान गयो

कोरोनाबाट एकै रातमा ५ जनाको मृत्यु, ललितपुरमा मात्रै २ जनाको ज्यान गयो

मंगलबार राति सप्तरीमा एक, बुटबलमा दुई र ललितपुरमा २ जनाको मृत्यु भएको हो । जसमध्ये दुई जनामा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै रातमा पाँच जनाको मृत्यु भएको छ ।

मंगलबार राति सप्तरीमा एक, बुटबलमा दुई र ललितपुरमा २ जनाको मृत्यु भएको हो । जसमध्ये दुई जनामा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्धाको मंगलबार राति मृत्यु भएको छ ।

चार दिनअघि ज्वरो आएपछि गरिएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार आएको थियो । कोरोना पोजिटिभ देखिएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै कोरोनाबाट कपिलवस्तुका दुई जना पुरुषको बुटवलमा मृत्यु भएको छ ।

बुटवल धागो कारखाना स्थित कोरोना विशेष उपचार केन्द्रमा उपचारको क्रममा कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

कपिलवस्तुका ४२ वर्षिय पुरुषमा साउन २५ गते अस्पताल अस्पताल भएकै दिन कोरोना पुष्टि भएको थियो । २५ वर्षिय युवाको भने मृत्युपछि मात्रै रिपोर्ट आएको हो ।

त्यस्तै ललितपुरको पाटन अस्पताल र किस्ट अस्पतालमा उपचारका क्रममा दुई जना महिलाको मृत्यु भएको छ ।

काेराेना संक्रमित जनकपुरकी ३८ वर्षिया महिलाको उपचारका क्रममा मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा बिष्णुप्रसाद शर्माका अनुसार उनी साउन १८ गते मेनेन्जाइटिसको समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै काठमाडौंको टेकु घर भएकी एक महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारका क्रममा ७६ वर्षीया बृद्ध महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोरोना परिक्षणको रिपोर्ट भने आज (बुधबार) बिहान मात्रै आएको हो ।

मंगलबार राति ज्यान गुमाएका पाँच जनासहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ । स्वास्थ्य मन्त्रालको नियमित पत्रकार सम्ममेलनका क्रममा मंगलबार दिउँसोसम्म ८३ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

प्रकाशित: Aug 12, 2020| 10:58 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।