मंगलबार, भदौ ९, २०८३

१० जना कोरोना संक्रमित आईसीयूमा

देशभरका अस्पतालका आईसीयूमा १० जना कोरोना संक्रमितको उपचार भइरहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

देशभरका अस्पतालका आईसीयूमा १० जना कोरोना संक्रमितको उपचार भइरहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार अहिले काठमाडौंमा तीन, बुटवलमा ६ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित आईसीयूमा छन्।

भदौ पहिलो साता ४० हजार कोरोना संक्रमित पुग्ने अनुमानका आधारमा आईसीयू र भेन्टिलेटरको व्यवस्था गरिएको सरकारी दाबी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभर एक हजार भेन्टिलेटर र एक हजार ८०० आईसीयू तयारी अवस्थामा राखिएको जनाएको छ।

मन्त्रालयको नीति तथा योजना प्रमुख डा. गुणराज लोहनीले कोभिड–१९ संक्रमणबाट गम्भीर हुने दुई हजार बिरामीलाई लक्षित गरेर भेन्टिलेटर र आईसीयू बनाइएको बताए।

‘‘अहिलेकै दरमा संक्रमण बढदै गए भदौ २ गतेसम्म ४० हजारमा संक्रमण हुने र तीमध्ये पाँच प्रतिशत बिरामी गम्भीर हुँदा दुई हजार र दुई प्रतिशत भए ८०० बिरामी हुन्छन् भनेर हामीले आँकलन गरेका छौँ। त्यहीअनुसार हामीले भेन्टिलेटर र आईसीयू तयार पारेका छौँ,’’ उनले भने।

संक्रमण बढदै गएपछि मन्त्रालयले प्रतिप्रदेश दुई/दुई वटा अस्पतालका दरले पाँच/पाँच वटा आईसीयू र दुई/दुई वटा भेन्टिलेटर बनाउन निर्देशन दिएको थियो। मन्त्रालयले कोभिड –१९ संक्रमितमध्ये अधिकांश गम्भीर प्रकारको बिरामी नहुने भएकोले अहिले बनाइएका भेन्टिलेटर र आईसीयूले पुग्ने आँकलन गरेको छ।

मन्त्रालयले सम्भावित बिरामीको प्रक्षेपण गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताललाई २०/२० बेडको आईसीयू बनाउने निर्देशन भएबमोजिम तयार पारेको जनाइएको छ।

प्रकाशित: Jun 22, 2020| 16:00 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।