मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अङ्गीकृत नागरिकतासम्बन्धी निर्णय पुनर्विचार गर्न माग

अङ्गीकृत नागरिकतासम्बन्धी निर्णय पुनर्विचार गर्न माग

राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनर्विचार गर्न आग्रह गरेका छन्।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनर्विचार गर्न आग्रह गरेका छन्।

सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा नेकपा सचिवालयले गरेको निर्णयको असर राज्य व्यवस्था समितिमा परेको र उक्त निर्णय अदूरदर्शी र अपरिपक्व भएको टिप्पणी गरे ।

उनले तराई मधेसका जनताको भारत सीमाक्षेत्रका नागरिकसँगको विवाह सम्बन्ध तोडेर मुलुकको राष्ट्रियता बलियो नहुने तर्क गर्दै भारतसँगको सांस्कृतिक सम्बन्ध कसैले तोडेर नटुट्ने बताए। साथै उनले निर्णयमा पुनर्विचार गर्न आग्रह गरे । उनले मुलुकको परराष्ट्र नीति दुई छिमेकी चीन र भारतसँगको समुदरीका आधारमा हुनुपर्ने बताए।

सांसद मृगेन्द्रकुमार सिंह यादवले नागरिकता विधेयक सम्बन्धमा नेकपाले सहमतिको बाटो छोडेर निर्णय गरेको भन्दै यसमा दुःख लागेको बताए। उनले उक्त निर्णयले तराईका समुदायको संस्कृतिमाथि अतिक्रमण हुने आरोप लगाए।
रासस

प्रकाशित: Jun 22, 2020| 15:26 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।