बिहीबार, भदौ ११, २०८३

कोरोनाबाट हरेक १५ सेकेन्डमा एक जनाको मृत्यु

यो आँकडा पछिल्लो हप्ताको मृत्युको आधारमा निकालिएको हो।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

गएको जनवरी अन्तिममा चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (पछि कोभिड–१९) ले पूरै विश्वलाई गाँजिसकेको छ।

आज (बुधबार) मध्यान्हसम्मको तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित भएका मध्ये ७ लाखभन्दा बढीको ज्यान गइसकेको छ। अमेरिका, ब्राजिल भारत, मेक्सिकोलगायत देशमा मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो महामारीबाट दैनिक करिब ५ हजार ९०० जनाको ज्यान गइरहेको छ। अर्थात् प्रत्येक एक घण्टामा २४७ जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

सेकेन्डका आधारमा भन्ने हो भने हरेक १५ सेकेन्डमा एक जनाको ज्यान गइरहेको छ। यो आँकडा पछिल्लो हप्ताको मृत्युको आधारमा निकालिएको हो।

अहिले कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका तथा ल्याटिन अमेरिकी देशहरु छन्। ल्याटिन अमेरिकामा ६४ करोड जनसंख्या छ, जसमध्ये १० करोडभन्दा बढी झुपडीमा बस्छन्। उनीहरू सबैभन्दा बढी जोखिममा छन्।

३३ करोड जनसंख्या भएको अमेरिका पनि कोरोनासँग लडिरहेको छ। अमेरिकाका शीर्ष महामारी रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना संक्रमण बढेका राज्यमा फेरि लकडाउन गर्नुपर्ने बताएका छन्।

यो पनि पढ्नुस् : नेपालमा लकडाउन खुलेको १५ दिनमा २० जनाको मृत्यु, ४ सय प्रतिशतले बढ्यो मृत्युदर

काठमाडौं उपत्यकामा कोरोनाबाट ७२७ संक्रमित, २० जना आईसीयूमा

– बीबीसी

प्रकाशित: Aug 05, 2020| 13:35 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।