बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'भ्रातृसंस्थाको म्याद थपेर देउवाले लोकतन्त्रको धज्जी उडाए'

'भ्रातृसंस्थाको म्याद थपेर देउवाले लोकतन्त्रको धज्जी उडाए'

सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका नौवटा संगठनको म्याद थपेपछि पौडेलको यस्तो प्रतिक्रिया आएको हो।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन प्रक्रिया सुरु भइसकेको अवस्थामा भ्रातृ संगठनको म्याद थपेर आन्तरिक लोकतन्त्रको धज्जी उडाउने काम भएको टिप्पणी गरेका छन्।

सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका नौवटा संगठनको म्याद थपेपछि पौडेलको यस्तो प्रतिक्रिया आएको हो।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'म्याद थप्न पार्टीको बैठक सम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौनौ वटा भ्रातृसंस्थाको म्याद थप्ने विज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइँदै छ।'

पौडेलले यसअघि निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउँदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकी राख्ने काम भएको आरोप लगाएका छन्।

उनले लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका व्यक्तित्वहरुलाई गम्भीर हुन आग्रह गरेका छन्।

याे पनि पढ्नुस् ः

कांग्रेसले भ्रातृ संघहरुको म्याद थप्यो

प्रकाशित: Jul 31, 2020| 22:15 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।