बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १० वर्षपछि निक्षेप फिर्ता गर्ने तयारीमा ओरियन्टल सहकारी

१० वर्षपछि निक्षेप फिर्ता गर्ने तयारीमा ओरियन्टल सहकारी

ओरियन्टल सहकारीले करिब १० वर्षपछि निक्षेपकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं– ओरियन्टल सहकारीले करिब १० वर्षपछि निक्षेपकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ।

सहकारीले शुक्रबार सूचना जारी गर्दै आफ्ना ग्राहकलाई निक्षेप फिर्ता लिनको लागि ६० दिनभित्र फाराम भर्न अनुरोध गरेको हो।

निक्षेप फरफार गर्नका लागि सहकारीले २९ साउनदेखि फाराम भर्नका लागि आवेदन खुलाउने भएको छ।

सहकारीका अध्यक्ष सुधीर बस्नेतले पीडितको आधिकारिक प्रतिनिधि कुन्तिदेवी पोखरेलसँग सहमति गरी भक्तपुरको गुण्डुलगायत देशको विभिन्न

भागमा सहकारीको नाममा रहेको सम्पत्ति बिक्री गरी निक्षेपकर्ताको रकम फरफारक गर्ने सम्झौता गरेका थिए।

सहकारीको सम्पत्ति कानुनी प्रक्रिया पूरा गरी २०७५ असार २६ गतेको त्रिपक्षीय सम्झौता र २०७६ बैशाख ३१ गतेको द्विपक्षीय सहमतिको आधारमा

निक्षेपकर्तालाई रकम फरफारक गर्न लागेको बस्नेतद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

तोकिएको अवधिभित्र निक्षेप जम्मा गरेको खाता नम्बर, बचत रकम, सम्पर्क नम्बर, निक्षेपको विषयलाई लिएर मुद्दा गरे वा नगरेको व्यहोरा उल्लेख गरी ओरियन्टल सहकारी संस्था लिमिटेडको वेवसाइटमा रहेको फारम भर्नुपर्ने जनाइएको छ। फारम नभरे निक्षेपकर्ताले यसअघि नै आफ्नो दायित्व फरफारक गरेको मानिने उल्लेख छ।

२०६७ सालमा घरजग्गामा गरिएको लगानीबाट डुबेपछि आरियन्टल सहकारीले निक्षेप फिर्ता गर्न सकेको थिएन।

निक्षेप फिर्ता गर्न नसकेपछि ठगी मुद्दामा अध्यक्ष बस्नेत जेल बसेर छुटिसकेका छन्।

प्रकाशित: Jul 31, 2020| 18:45 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्