बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईएफसीले इन्भेष्टमेन्ट बैंकलाई दियो उत्कृष्ट साझेदार अवार्ड

आईएफसीले इन्भेष्टमेन्ट बैंकलाई दियो उत्कृष्ट साझेदार अवार्ड

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपाल इन्भेष्टमेन्ट बैंकलाई ‘उत्कृष्ट साझेदार’ को अवार्ड दिएको छ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं– अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपाल इन्भेष्टमेन्ट बैंकलाई ‘उत्कृष्ट साझेदार’ को अवार्ड दिएको छ।

आईएफसीले इन्भेष्टमेन्ट बैंकलाई दक्षिण एशियाका न्यून आय भएका अन्तर्राष्ट्रिय विकास संगठन (आईडीए) मुलुकहरूका बैंकमध्ये सन् २०१९ का लागि उत्कृष्ट साझेदारको सम्मान दिएको हो।

सबैभन्दा बढी ‘ट्रेड फाइनान्स’ गरेकोमा बैंकलाई सम्मान दिइएको आईएफसीले जनाएको छ। आईएफसीले ग्लोबल ट्रेड फाइनान्स प्रोगाम (जीटीएफए) इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा अगाडि बढाएको थियो।

आईएफसीको सहयोगले स्थानीय व्यापार व्यवसायको विश्व व्यापारमा हिस्सा बढाउन र विश्वका विभिन्न बैंकसँग परिचित गराउन सक्षम बनाएको इन्भेष्टमेन्ट बैंकले जनाएको छ।

इक्रा नेपालबाट ‘ए’ क्रेडिट रेटिङ पाएको बैंकले अन्तर्राष्ट्रिय पब्लिकेसन ‘युरोनोमी’ ले प्रदान गर्ने ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डसमेत पाएको छ।

पाँच पटक फाइनान्सियल टाइम्स ‘बैंक अफ द इयर’ अवार्ड पाएको इन्भेष्टमेन्टका देशभर ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टर छन्।

प्रकाशित: Jul 31, 2020| 16:31 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्