बिहीबार, साउन २१, २०८३

त्रिविको एउटा सूचना : १५५ शब्द र १३ हरफको एउटै वाक्य

मुलुकको जेठो र सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयले निकालेको एउटा सूचनामा २३ भन्दा बढी त्रुटि भेटिएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं– मुलुकको जेठो र सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयले निकालेको एउटा सूचनामा २३ भन्दा बढी त्रुटि भेटिएको छ।

साउन ६ गते जारी सूचनामा वर्णविन्यासका साथै मितिसमेत गल्ती लेखिएको छ। अनुच्छेदको सातौं हरफमा २०७७ हुनुपर्नेमा २०७६ छ। रोचक पक्ष त १३ हरफको सूचनामा रहेका १५५ वटा शब्द एकै अनुच्छेदमा लेखिएको छ।

प्राज्ञिक निकायद्वारा जारी गरिएको सूचनामा नेपाली भाषाको वर्णविन्यासलाई पटक्कै ख्याल गरिएको छैन। सूचनामा लेखिएका ‘सम्बन्धि’, ‘रुप’, संभावित’, हरु, ‘विदा’, ‘दिइदै’ जस्ता शब्द गल्ती हुन्।

यस्तै पदयोग र पदवियोगमा ख्याल गरिएको छैन। एकै वाक्यमा लेखिएको उक्त सूचनामा के भनिएको भन्ने बुझ्न निकै बेर घोत्लिनुपर्छ।

पढ्नुस् :

सरकारी निकायबाटै भाषामाथि भद्दा मजाक

शिक्षा मन्त्रालयको एक पृष्ठको विज्ञप्तिमा ३३ गल्ती

यस्तो छ सूचना

प्रकाशित: Jul 22, 2020| 12:09 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्