मंगलबार, जेठ ५, २०८३

'ए' डिभिजन लिगका दुबै खेल बराबरी

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सोमबार भएका दुबै खेल बराबरीमा सकिएका छन्।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सोमबार भएका दुबै खेल बराबरीमा सकिएका छन्।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले २-२ गोलको बराबरी खेले। रोमञ्चक खेलमा सुरुवाती अग्रता भने मनाङले बनाएको थियो। खेलको दोस्रो मिनेटमा नै मनाङले अग्रता लिएको थियो। अन्जन विष्टको क्रसमा फेमी जोसुवाले गोल गरे। पहिलो हाफमा अग्रता बनाएको मनाङ दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै बराबरी गोल खान पुग्यो। मछिन्द्रका सुजल श्रेष्ठले ४६ औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि ८१औं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए। तर, ८८औं मिनेटमा मनाङका विमल रानाले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।

बराबरीसँगै दुबै टोलीले एक/एक अंक बाँडेका छन्।

सोमबार नै भएको पहिलो खेलसमेत बराबरीमा टुङ्गियो। न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

 

प्रकाशित: Jan 06, 2020| 11:30 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।