बुधबार, साउन २०, २०८३

पाँच सय नागरिक वीरगञ्ज भन्सार हुँदै फर्किए

भारतको विभिन्न ठाउँमा कार्यरत पाँच सय जना आज वीरगञ्ज भन्सार हुँदै फर्किएका छन्।
 |  बुधबार, जेठ १४, २०७७

जियालाल साह

जियालाल साह

बुधबार, जेठ १४, २०७७

पर्सा– भारतको विभिन्न ठाउँमा कार्यरत पाँच सय जना आज वीरगञ्ज भन्सार हुँदै फर्किएका छन्।

भारतको सिमावर्ती शहर रक्सौलका प्रहरी प्रमुख, जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकाको समन्वयमा उनीहरू फर्किएका हुन्।

मुम्बई, महाराष्ट्र, हैदराबाद, दिल्लीलगायत स्थानमा कार्यरत नेपाली स्वदेश फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

उनीहरू सबै रक्सौलको तीनवटा क्वारेन्टाइनमा बसेको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी गराएका छन्।

मेयर सरावगीका अनुसार अन्य जिल्लाका नागरिकलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाइने र पर्साका नागरिकलाई त्रिजुद्ध र सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ।

 

प्रकाशित: May 27, 2020| 14:54 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।