आइतबार, कात्तिक १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पशुपतिमा छैन साउने सोमबारको रमझम : कोषलाई आनन्द, ग्राहकको बाटो हेर्दै व्यापारी

पशुपतिमा छैन साउने सोमबारको रमझम : कोषलाई आनन्द, ग्राहकको बाटो हेर्दै व्यापारी

पशुपतिनाथ दर्शनको लागि अन्य समयमा पनि हजारौं मानिस पुग्छन्। त्यसमा पनि साउनको सोमबार त भिड थामि नसक्नु हुन्थ्यो। तर, यसपालि पशुपति क्षेत्र विकास कोषलाई कुनै दौडधुप छैन।
 |  सोमबार, साउन ५, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, साउन ५, २०७७

आज साउनको पहिलो सोमबार । निकै भिडभाड हुने शिव मन्दिर लगायत अन्य धार्मिक स्थलहरुमा यस वर्ष भक्तजनको संख्या निकै कम देखियो।

Kumaribank

प्रत्येक वर्षको साउने सोमबारमा हजारौं भक्तजन पुग्ने पशुपतिनाथ मन्दिरमा आज निकै कम भक्तजन पुगेका छन् । अघिल्ला वर्षहरुमा जस्तो सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गर्नु परेन।

लकडाउन, कोरोनाको डर र झरीका बीच मन्दिर पुगेका केही बाहिरबाटै दर्शन गरेर फर्किए। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर खुला नहुने भएपछि यस वर्ष साउनका लागि कुनै विशेष व्यवस्था गरिएको छैन । आज सोमबार पनि नित्य पूजामात्रै भएको छ ।

कोषका सदस्यसचिव प्रदिप ढकाललका अनुसार लकडाउनको समयमा सरकारले मठमन्दिर लगायत भिडभाड हुने स्थान बन्द गर्ने निर्णय गरेकाले मन्दिर पनि बन्द गरिएको हो ।

नेपाल समयसँग कुरा गर्दै उनले भने, ‘अहिलेको विषम परिस्थितिमा सरकारले लागू गरेको नियम मान्नु हाम्रो पहिलो प्राथमिकता हो । तर सरकारले मन्दिर खोल्ने निर्णय गरेमा साउनका अरु सोमबार दर्शन गर्न पाइने हुनसक्छ। मन्दिर कसरी खोल्ने, सुरक्षा व्यवस्था कसरी मिलाउने, सामाजिक दूरी कसरी कायम गर्ने भन्ने विषयमा प्रोटोकलहरु तयार गरिएको छ । हामी सरकारको निर्णय पर्खिएर बसेका छौं ।’ मन्दिर आउनेहरुले पनि मन्दिर खोल्न आग्रह गरेको ढकालले सुनाए।

Metro Mart

पशुपतिनाथ दर्शनको लागि अन्य समयमा पनि हजारौं मानिस पुग्छन्। त्यसमा पनि साउनको सोमबार त भिड थामि नसक्नु हुन्थ्यो। तर, यसपालि पशुपति क्षेत्र विकास कोषलाई कुनै दौडधुप छैन।

यद्यपि, सरकारले मन्दिर खोल्ने निर्णय गरेको खण्डमा कोष तयार भने छ। सदस्यसचिव ढकाल भन्छन्, ‘हामीले मन्दिर जान र फर्किनको लागि छुट्टाछुट्टै एकतर्फी बाटो बनाउने निर्णय गरेका छौं। साथै भक्तजनको लागि मास्क अनिवार्य गरिएको छ र जुत्ता खोल्ने ठाउँमा सावुन पानीको व्यवस्था गर्ने तयारी गरिएको छ । हामीले सामाजिक दूरी कायम गर्नको लागि पनि तयारी गरेका छौं ।’ सामाजिक दूरी कायम गर्न भक्तजन आफैं सचेत हुनुपर्ने उनी बताउँछन् ।

दर्शनार्थी आउन छाडेपछि पशुपति क्षेत्रका व्यापारीको पनि आम्दानी सुकेको छ। पशुपतिमा व्यापार गर्दै आएकी कला पोखरेल भन्छिन्, ‘मैले पशुपतिमा व्यापार गर्न बसेको ५ वर्षभन्दा बढी भयो तर यो वर्षजस्तो खडेरी कहिल्यै लागेन ।’

अघिल्ला वर्षहरुमा साउनको महिनामा दैनिक ५ हजारभन्दा बढीको व्यापार हुने गरेको सुनाउँदै उनले यसपालि ग्राहक पर्खिंदैमा दिन बित्ने गरेको बताइन्। फाट्टफुट्ट पुग्ने दर्शनार्थी पनि घरबाटै पूजा सामग्री बोकेर जाने गरेका छन्।

प्रकाशित: Jul 20, 2020| 13:43 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।