शुक्रबार, वैशाख २६, २०८२

वीरगन्ज महानगर : २५ दिनमा २० करोड राजस्व संकलन

पछिल्लो २५ दिन (असार १ देखि २५ सम्म) मा २० करोड रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाले जनाएको छ।
 |  आइतबार, असार २८, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

आइतबार, असार २८, २०७७

vianetvianet

पर्सा– वीरगन्ज महानगरपलिकाले लकडाउन अवधिमा पनि लक्ष्यअनुसार राजस्व संकलन गरेको छ।

triton college

पछिल्लो २५ दिन (असार १ देखि २५ सम्म) मा २० करोड रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाले जनाएको छ। गत वर्ष पनि यस अवधिमा सोही बराबरको रकम संकलन भएको थियो।

चैत ११ देखि जारी लकडाउनमा महानगरको कामकाज ठप्प रह्यो। असार १ गतेदेखि नियमित रुपमा राजस्व संकलन हुँदा लक्ष्य भेट्टाउन सफल भएको राजस्व महाशाखाले जनाएको छ।

स्थानीय कर, घर जग्गा कर, मालपोत तथा भूमिकर, सम्पत्ति कर, व्यवसाय कर, व्यापारिक कर लगायतबाट महानगरपालिकाले २५ दिनमा २० करोड २५ लाख रुपैयाँ संकलन गरेको राजस्व महाशाखा प्रमुख रामदयालप्रसाद यादवले बताए।

वीरगन्ज महानगरपालिकाले आव २०७६/०७७ मा ४८ करोड ६६ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लकडाउनअगाडि २४ करोड ६० लाख संकलन भएको थियो।

National life insurance

लकडाउनयता २० करोड २५ लाख रुपैयाँ संकलन गरी कुल ४४ करोड ८५ लाख रुपैयाँ संकलन गरिसकेको उनको भनाइ छ। यही गतिमा राजस्व संकलन अरु केही दिन हुने हो भने महानगरको लक्ष्य पुग्ने राजस्व महाशाखा प्रमुख यादवले बताए।

महानगरले राजस्वतर्फ २८ करोड ५१ लाख र मातपोततर्फ १६ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ। उनले भने, ‘आर्थिक मसान्तको अन्तिम सातासम्म लक्ष्यअनुरुप बाँकी ३ करोड ८१ लाख रुपैयाँसमेत संकलन हुने विश्वास लिएका छौं।’

उठेन बक्यौता रकम

वीरगन्जका निजी र सरकारी स्वामित्वमा रहेका केही संस्थाहरुले अटेर गरिरहेका कारण साविकमा झैं चालु आवमा पनि राजस्व संकलन हुन सकेको छैन। ठूला निजी संस्थाहरुले पनि सम्पत्ति कर तिरेका छैनन्।

बारम्बार चिठी पठाई ताकेता गर्दासमेत कर संकलन हुन नसकेको महाशाखाका प्रमुख यादवको भनाइ छ।

विद्युत् प्राधिकरणबाट ९ करोड ५४ लाख, कृषि सामाग्री लिमिटेडबाट ५ करोड ११ लाख, रवीरगन्ज चिनी मिलबाट १० करोड रुपैयाँ उठ्न बाँकी छ।

यस्तै सुरज हाउजिङबाट ५० लाख तथा नेसनल मेडिकल कलेजबाट २ वर्षदेखिको कर र कृषि औजार लिमिटेड लगायत कार्यालयबाट राजस्व संकलन हुन नसकेको महानगरले जनाएको छ।

प्रकाशित: Jul 12, 2020| 17:35 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्